ipo sanima general

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ सेयर आजबाट विक्री खुलेको छ । इच्छुक आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १००० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशन बन्द २०७७ असोज २५ गते हुनेछ ।

कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु. १०० रुपैयाँका दरले सर्वसाधारणलाइ निष्काशन गर्नेछ । जसमध्ये ४% अर्थात् १२०,००० कित्ता कर्मचारीलाई र ५% अर्थात् १५०,००० कित्ता सामुहिक लगानीकोषहरुलाई बाँडफाँड गरी बाँकी रहेको २७,३०,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ ।

Visa Travels