शिवम् सिमेन्टको लाभांश पारित गर्न साधारणसभा आह्वान

annual general meeting
Visa Travels

शिवम् सिमेन्टस् लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको वार्षिक साधारणभा २०७७ कार्तिक २४ गते, कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरको सभाहल, काठमाडौंमा विहान ११ बजे हुने भएको छ । सभामा सहभागी हुन सेयरधनीहरुलाई उपल्बध गराउने व्यवस्था गरिएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्तापुँजी ४ अर्ब ४० करोडको २४ः२१% अर्थात् १ अर्ब ६ करोड नगद लाभांश पारित गर्नेछ ।

Place your Ads

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ कार्तिक १३ गते बुक क्लोज तोकेको छ । कार्तिक १२ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Like & Share on:
Visa Travels