चन्द्रागिरी हिल्सको आईपीओ आउने – बोर्डले दियो अनुमति

chandragiri hills
Visa Travels

चन्द्रागिरी हिल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीललाई आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो । कम्पनले जेठ २५ अनुमति माग गरी आवदेन दिएको थियो ।

कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८,४०,९१० कित्ता सेयर रु १८ करोड ४० लाख बराबरको आईपिओ निष्काशन गर्नेछ । चुक्तापुंजीको २% अर्थात् ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावित स्थानीयलाई र १०% अर्थात् १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

Place your Ads

आइपीओ निष्काशन गर्न स्वीकृति पाइसकेको हुँदा छिटै बजार आउनेछ । विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्याटिललाई नियुक्ति गरेको छ ।

आईपीओ जारी पश्चात कम्पनीको चुक्तापुंजी १ अर्ब ५३ करोड पुग्नेछ । त्यस मध्य ८८% सेयर संस्थापकहरुको रहनेछ ।

Like & Share on:
Visa Travels