first microfinance laghubitta

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको ११औं वार्षिक साधारणभा २०७७ मंसिर १८ गते, बैंकको आम्रपाली व्याङ्केट भाटभाटेनी, काठमाडौंमा विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ९.५०% बोनस सेयर र ४.१८% नगद लाभांश पारित गर्नेछ ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।सर्वसधारण शेयरधनीको तर्फाबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी ८० करोठ ७ लाख रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ मंसिर ०५ गते एक दिन बुक क्लोज तोकेको छ । मंसिर ०४ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

 

Visa Travels