infinity laghubitta bittiya sanstha
Visa Travels

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा २ करोड १८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड ६१ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा नाफा ३५.३८ प्रतिशतले बृद्धि भएको छ ।

Place your Ads

यस अवधिमा लघुवित्तले २ अर्ब १६ करोड कर्जा सापटि र ४२ करोड ४५ निक्षेप संकलन गरी २ अर्ब ७२ करोड कर्जा विस्तार गरेको छ ।

कम्पनीको खुद व्याज आम्दानी ३ करोड ३० लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ९२ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा २ करोड०२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ५५ लाख रहेको थियो । व्याज आम्दानी घटे पनि १ करोड ४२ लाख खराब कर्जा राइट व्याक गर्दा नाफा बढेको हो ।

हाल कम्पनीको चुक्तापुँजी २२ करोड ८१ लाख रहेको छ भने जगेडा कोषमा १२ करोड २४ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.३७% छ भने गत बर्ष १.१३% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु ३८.२३ रहेको छ भने नेटवर्थ १५३.६८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २०.७० गुणा रहेको छ ।

Visa Travels