initial public offering - IPO

माउन्टेन इनर्जी नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज आन्तिम दिन रहको छ । आज मंसिर ३ गते बैंकिङ समय पश्चात निष्काशन बन्द हुनेछ । यस कम्पनीले कार्तिक २६ गते देखि सर्वसाधारणलाई आईपिओ निष्काशन गरि रहेकोछ ।

कम्पनीले १०% अर्थात् १९,६८,०२७ कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँका दरले सर्वसाधारणलाइ निष्काशन गर्नेछ । जसमध्ये २% अर्थात् ३९,३६१ कित्ता कर्मचारीलाई र ५% अर्थात् ९८,४०१ कित्ता सामुहिक लगानीकोषहरुलाई बाँडफाँड गरी बाँकी रहेको १८,३०,२६५ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

इच्छुक आवेदकले न्यूनतम १० कित्ता आवेदन दिन सक्नेछन् । सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिनेछ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी १ अर्ब ९६ करोड पुग्नेछ । यस आइपीओलाई कियर रेटिङ्गले कियर एनपी आईपीओ ग्रेड ४ प्लास प्रदान गरेको छ जो औषत भन्दा तल हो ।

Visa Travels