महिला लघुवित्तले आइपीओ निष्काशन गर्ने

mahila laghubitta
Visa Travels

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले आइपीओ निष्काशन अनुमति माग गर्दै २०७७ मंसिर ०३ गते नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ ।

कम्पनीले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन गर्न अनुमति माग गरेको हो ।

Place your Ads

निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्ती गरेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६ करोड रहेको छ । यस लघुवित्तको केन्द्रिय कार्यालय काभ्रे जिल्लाको साँगामा रहेको छ भने विभिन्न ५३ शाखा कार्यालयहरुबाट सेवा प्रदान गरेको छ ।

Like & Share on:
Visa Travels