jyoti life insurance

ज्योति लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ७ करोड २२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३ करोड ७६ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ९१.८७ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले ५२ करोड ५३ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा २६ करोड ४२ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ९८.७९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ८३ लाख र वीमालेख धितो कर्जाबाट ७८ लाख ४६ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ४२ लाख ८६ हजार लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ९ करोड ६३ लाख र व्यवस्थापन खर्च बापत ५ करोड २३ लाख खर्च गरेको छ ।

यस कम्पनीको हाल सम्म कुल कायम रहेको वीमालेखको संख्या ६६ हजार १ सय १३ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५४ करोड रहेको छ भने जगेडा कोषमा ४६ करोड ०५ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा २ अर्ब २५ करोड रहेको छ भने महाविपत्ती कोषमा ५ करोड ११ लाख रहेको छ ।

कम्पनीले दीर्घकालिन लगानी तथा कर्जामा ३ अर्ब ४९ कारोड र बीमालेख धितो कर्जामा ३७ करोड १० लाख परिचालन गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १८.७६ रहेको छ भने नेटवर्थ रु १३३.२३ रहेको छ ।

Visa Travels