kamana sewa bikas bank

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा २० करोड ०१ खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड ८६ लाख आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ९७२.९५ प्रतिशले बृद्धि भएको छ । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ७ करोड ३४ लाख रहेको छ ।

बैंकले ३६ अर्ब ७२ करोड निक्षेप संकलन गरेर २९ अर्ब ९२ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३१ अर्व ९० करोड निक्षेप संकलन गरेर २५ अर्ब ९४ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३८ करोड १५ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २५ करोड १५ लाख रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ८ करोड ४९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ६२ लाख रहेको थियो ।

गैरसञ्चालन आम्दानी २० करोड ९६ आर्जन गर्दा बैंकको नाफामा उल्लेखिय बृद्धि देखिएको हो ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड रहेको छ । जगेडा कोषमा ५० करोढ ३० लाख छ भने कम्पनीको संचित नाफा ७ करोड १४ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.६४% छ भने गत बर्ष १.६१% रहेको थियो । कोषको लागत ६.८७% बेसरेट ९.२९% र कर्जा निक्षेप अनुपात ७७.४३% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी बढेर रु ३१.५१ रहेको छ भने नेटवर्थ रु १२२.६२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ ।

Visa Travels