everest bank

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ५१.५४ प्रतिशले घटेको भएको छ । बैंकले यस त्रैमासमा ३३ करोड ४७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ६९ करोड ०८ लाख आर्जन गरेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १३ करोड ५९ लाख रहेको छ ।

बैंकले १ खर्ब ५६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १५ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४३ अर्व निक्षेप संकलन गरेर १ खर्ब १२ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १ अर्ब ०२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ४७ करोड ८२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९८ करोड ६९ लाख रहेको थियो ।

बैंकको मुख्य आम्दानी व्याज आम्दानीमा गिरावट सँगै खराब कर्जा बृद्धि हुँदा नाफामा भारि गिरावट आएको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ५१ करोड रहेको छ । जगेडा कोषमा ८ अर्ब ०७ करोड छ भने कम्पनीको संचित नाफा २ अर्ब १२ करोड रहेको छ । त्यसैगरी सेयर प्रिमियममा २३ करोड ८४ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.२२% छ भने गत बर्ष ०.१७% रहेको थियो । कोषको लागत ६.३७ बेसरेट ७.०७ र कर्जा निक्षेप अनुपात ७०.२७ रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ३४.४३ बाट घटेर १५.८१ रहेको छ भने नेटवर्थ रु २२३.३२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ४४.९७ गुणा रहेको छ ।

Visa Travels