financial reports

महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा १ करोड ५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८३ लाख १२ हजार नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा नाफा २६.८९ प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा लघुवित्तले १ अर्ब ०१ करोड कर्जा सापटि र १ अर्ब १४ करोड निक्षेप संकलन गरी २ अर्ब ४१ करोड कर्जा विस्तार गरेको छ ।

कम्पनीको खुद व्याज आम्दानी ४ करोड ५२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ३४ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा १ करोड २६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ३२ लाख रहेको थियो । खाराव कर्जा उठाउन सफल हुँदा कम्पनीको खुद नाफा बढेको हो ।

कम्पनीको चुक्तापुँजी १२ करोड २४ लाख रहेको छ भने जगेडा कोषमा २० करोड ५३ लाख रहेको छ ।
लघुवित्तको निष्कृय कर्जा अनुपात २.४१% छ भने गत बर्ष १.६२% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु ३४.४७ रहेको छ भने नेटवर्थ २६७.७४२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २५.९६ गुणा रहेको छ ।

Visa Travels