financial reports

एनआरएन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा १ करोड ८५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १३ लाख ९३ हजार घाटा रहेको थियो ।

यस अवधिमा लघुवित्तले ३ अर्ब ६३ करोड कर्जा सापटि र ९६ करोड ७५ लाख निक्षेप संकलन गरी ४ अर्ब ५१ करोड कर्जा विस्तार गरेको छ ।

कम्पनीको खुद व्याज आम्दानी ७ करोड १९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ७० लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा १ करोड १२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५८ लाख ९६ हजार ऋणात्मक रहेको थियो ।

यस लघुवित्त किसान माइक्रोफाइनान्स र दिव्या लघुवित एक आपसमा गाभिएकोले नाफा र पूँजीमा उल्लेखिय सुधार देखिएको हो ।

हाल कम्पनीको चुक्तापुँजी ३९ करोड २८ लाख रहेको छ,गत आर्थिक वर्षमा २० करोड ९२ ला रहेको थियो भने जगेडा कोषमा ८ करोड ९७ लाख रहेको छ । कम्पनीले एफपीओ जारी गरी चुक्तापुँजी ५२ करोड पु¥याउने लक्षय रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात ३.२३% छ भने गत बर्ष १.६९% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु ४.७२ रहेको छ भने नेटवर्थ १२२.८४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २११.०७ गुणा रहेको छ ।

Visa Travels