swadesi laghubitta bittiya santha

स्वादेशी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ३ करोड ३३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड ९१ लाख नाफा आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार खुद नाफा ७४.१२ प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा लघुवित्तले २ अर्ब ६९ करोड कर्जा सापटि र १ अर्ब १८ करोड निक्षेप संकलन गरी ४ अर्ब १३ करोड कर्जा विस्तार गरेको छ ।

कम्पनीको खुद व्याज आम्दानी ९ करोड ९४ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ६० लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा ५ करोड २४ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ०१ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी २७ करोड ६० लाख रहेको छ भने जगेडा कोषमा १३ करोड ६८ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ४८.४० रहेको छ भने नेटवर्थ १४९.५७ रहेको छ ।

Visa Travels