एनआईसी एशिया बैंकको खुद नाफा १ अर्ब माथि – अन्य सुचक कस्तो ?

NIC Asia Bank
Visa Travels

एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ०२ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ९६ लाख आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १.१३ प्रतिशले बृद्धि भएको छ । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ४६ करोड ६६ लाख रहेको छ ।

Place your Ads

बैंकले २ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ८९ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ०१ अर्व निक्षेप संकलन गरेर १ खर्ब ६० अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १ अर्ब ९८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ४५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ७१ करोड रहेको छ । जगेडा कोषमा ६ अर्ब ६९ करोड छ भने कम्पनीको संचित नाफा २ अर्ब ०२ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.४०% छ भने गत बर्ष ०.४५% रहेको थियो । कोषको लागत ४.९९% बेसरेट ६.५०% र कर्जा निक्षेप अनुपात ७५.६३% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी बढेर रु ४२.०३ रहेको छ भने नेटवर्थ रु १८९.७१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १३.७५ गुणा रहेको छ ।

Visa Travels