NMB Laghubitta

एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ३ करोड १२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड ५२ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा नाफा १०४.४१ प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा लघुवित्तले २ अर्ब ३४ करोड कर्जा सापटि र १ अर्ब ६१ करोड निक्षेप संकलन गरी ४ अर्ब ४७ करोड कर्जा विस्तार गरेको छ ।

कम्पनीको खुद व्याज आम्दानी ७ करोड ९३ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ९९ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा ४ करोड ९३ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ३७ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ४५ करोड ३६ लाख रहेको छ भने जगेडा कोषमा ३० करोड ३२ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात २.१०% छ भने गत बर्ष २.२७% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु २७.५५ रहेको छ भने नेटवर्थ १६६.८५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २८.७१ गुणा रहेको छ ।

Visa Travels