prabhu life insurance

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । इन्स्योरेन्सले २०७७ मंसिर ११ गते बोर्डबाट स्वीकृति पाएको हो ।

स्वीकृति पाएसँगै कम्पनीले ६,०००,००० कित्ता आइपीओ सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई जारी गर्नेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले देशभरीका विभिन्न शाखा कार्यालयहरु मार्फत जिवन वीमा सेवा दिँदै आएको छ ।

Visa Travels