तीन कम्पनीको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि मुल्य समायोजन गरेको छ ।
कुमारी बैंकको सेयर मुल्य १०.८५ प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु २७३ कायम रहेको छ । समायोजन अघिको मुल्य रु ३०३ रहेको थियो । वार्षिक साधारणभा २०७७ मंसिर २९ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा वेविनार मार्फत ११ः३० बजे हुने भएको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर मुल्य २५ प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु ६००० कायम रहेको छ । समायोजन अघिको मुल्य रु ७५०० रहेको थियो ।वार्षिक साधारणभा २०७७ मंसिर ३० गते वेविनार मार्फत ११ बजे हुने भएको छ ।
रिडी हाइड्रोपावरको सेयर मुल्य ५ प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु १६८ कायम रहेको छ । समायोजन अघिको मुल्य रु १७६ रहेको थियो । वार्षिक साधारणभा २०७७ मंसिर २६ गते जुम वेविनार मार्फत हुने भएको छ ।