prime bank

प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ५४.२४प्रतिशले बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ०१ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ६५ करोड ९७ लाख आर्जन गरेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ३३ करोड ८४ लाख रहेको छ ।

बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १३ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १९ अर्व निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १ अर्ब ५५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ०६ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ४४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९४ करोड ४४ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ९८ करोड रहेको छ । जगेडा कोषमा ५ अर्ब ४६ छ भने कम्पनीको संचित नाफा २ अर्ब १२ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.३७% छ भने गत बर्ष १.१४% रहेको थियो । कोषको लागत ६.२६% बेसरेट ८.१२% र कर्जा निक्षेप अनुपात ८०.०३% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी बढेर रु २९.११ रहेको छभने नेटवर्थ रु १५४.२६ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ९.८६ गुणा रहेको छ ।

Visa Travels