prime life insurance

प्राइम लाइफ इन्स्योरेन्स आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ मंसिर १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट चुक्तापुँजी २ अर्ब २५ करोडको ७% बोनस सेयर र ८% नगद लाभांश गरी कुल १५% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश वीमा समितिबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रहेको छ ।

Visa Travels