रिडी हाइड्रोपावरले लाभांश पारित गर्न साधारणसभा डाक्यो

annual general meeting
Visa Travels

रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १९ औं वार्षिक साधारणभा २०७७ मंसिर २६ गते, कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा विहान ११ बजे देखि सुरु हुने भएको छ । सभामा वेविनार मार्फत संचालन गरिने भएको छ, सभामा सहभागी हुन ZoomID/Password उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ५% बोनस सेयर र ०.२६% नगद लाभांश पारित गर्नेछ ।

Place your Ads

कम्पनीको अधिकृत पूँजी १ अर्ब १० करोड बाट बृद्धि गरी १ अर्ब १५ करोड कायम गर्ने प्रस्ताव गरेको छ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीको प्रबन्ध पत्र तथा नियामवली संशोधन गर्ने ।

सभा प्रयोजनको लागि २०७७ मंसिर १५ गते बुक क्लोज तोकेको छ । मंसिर १४ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels