आरएमडिसी लघुवित्तले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । २०७७ मंसिर ८ देखि २२ सम्म बुक क्लाज रहनेछ । मंसिर ०७ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधिन्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।
कम्पनीको २२ औं साधारणसभा २०७७ मंसिर २२ गने सोमबारको दिन हुनेछ ।
साधारणसभा मार्फत कम्पनीले १५% बोनस सेयर र ५% नगद लाभांश प्रस्ताव पारित गर्ने भएको छ ।
हाल यस कम्पनीको चुक्तापुँजी ८९ करोड ९३ लाख रहको छ ।