आरएमडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले यस त्रैमासमा ६ करोड ०५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७ करोड ३५ लाख नाफा आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार खुद नाफा १७.५८ प्रतिशतले घटेको छ ।
यस अवधिमा लघुवित्तले ६ अर्ब ९६ करोड कर्जा सापटि लिएर ८ अर्ब २७ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षमा ७ अर्ब ५५ करोड कर्जा सापटि गरी ८ अर्ब ११ करोड कर्जा विस्तार गरेको थियो ।
कम्पनीको खुद व्याज आम्दानी १० करोड १८ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ८५ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा ९ करोड ६१ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ५६ लाख रहेको थियो ।
कम्पनीको व्याज आम्दानीमा कमि आउँदा नाफा घटेको हो ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०३ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ५८ करोड रहेको छ । आर्थिक बर्ष २०७६-७७ को नाफा बाट १५% बोनस र ५% नगद लाभांश प्रस्ताब गरेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु २३.४३ रहेको छ भने नेटवर्थ २५३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३६.५३ गुणा रेहेको छ ।