annual general meeting

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ५३ औं वार्षिक साधारणभा २०७७ मंसिर ३० गते, बैंकको प्रधान रजिष्टर्ड कार्यालय, काठमाडौंमा विहान ११ः०० बजे हुने भएको छ । सभा वेविनार मार्फत संचालन गरिने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट २५% बोनस सेयर र १०% नगद लाभांश पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनको लागि २०७७ मंसिर १५ देखि ३० गते सम्म बुक क्लोज तोकेको छ । मंसिर १४ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels