सानिमा जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा १ करोड ५६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७४ लाख ६३ हजार कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा १०९.९३ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीले ३ करोड ६१ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३ करोड ४८ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले पुनर्वीमा कमिशन आय २ करोड १६ लाख र लगानी, कर्जा तथा अन्य आयबाट २७ लाख ९६ हजार अर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ९१ लाख ६८ हजार खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत २३ लाख ७८ हजार र व्यवस्थापन खर्च बापत २ करोड ३८ लाख खर्च गरेको छ ।
यस कम्पनीको नविकरण गरिएको वीमालेखको संख्या १ हजार १ सय २४ रहेको छ । त्यसैगरी भुक्तानी गर्न बाँकी दाबी रकम ११ करोड १९ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ७० करोड रहेको छ भने जगेडा कोषमा ५ करोड ६४ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ६ करोड ३९ लाख रहेको छ भने महाविपत्ती कोषमा ६४ लाख ७६ हजार रहेको छ । हालै आइपीओ जारी गरी सकेको हुनाले चुक्तापुँजी १ अर्ब पुगेकोछ ।
कम्पनीले दीर्घकालिन लगानी तथा कर्जामा ६१ करोड ९५ लाख परिचालन गरेको छ । यस कम्पनीको प्रति सेयर आम्दानी ८.९५ रहेको छ भने नेटवर्थ ११८.१२० रहेको छ ।