initial public offering - IPO

युनाइटेड इदी(मर्दी एण्ड आर वि हाइड्रोपावरको आईपीओ आज २०७७ मंसिर ०३ गतेदेखि सर्वसाधरणलाई विक्री खुल्ला गरिएकोछ । यस अघि कार्तिक २७ गते निष्काशन गर्ने भनिएकोमा बोर्डको निर्देशन बमोजिम जारी मिति परिवर्तन गरको थियो ।

कम्पनीले कुल ८,७३,९१० कित्ता सेयर रु १०० का दरले सर्वसाधारणलाई निष्काशन ल्याएको छ । जस मध्ये स्थानियलाई जारी गर्दा विक्री नभएको २३४,९१० कित्ता सेयर पनि सर्वसाधारणलाई निष्काशन गरिएको छ । सामुहिक लगानी कोषलाई ४३,६९६ कित्ता र १७,४७८ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस) रेटिङ्ग प्राप्त गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

Visa Travels