bank of kathmandu

बैंक अफ काठमाण्डूले १ अर्ब ६० करोड बराबरको ऋणपत्र २०७७ मंसिर २४ गते देखि निष्काशन खुल्ला गर्ने भएकोछ । ऋणपत्र निष्काशन बन्द छिटोमा २०७६ मंसिर २८ गते र ढिलोमा पौष ०८ गते हुनेछ ।

कुल १६ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने छ भने ६ लाख ४० हजार कित्ता सर्वसाधारण नेपालीको लागि निष्काशन गर्ने भएको छ ।

यस १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.५% व्याज पाउनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ ।

यस “बि ओ के डिबेञ्चर २०८६” नामक ऋणपत्रमा इच्छुक आवेदकले प्रति कित्ता रु १००० रुपैयाका दरले न्युनत्तम २५ कित्ता र अधिकत्तम ३००,००० कित्ता सम्म दरखास्त दिन सक्नेछन् ।
नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था मार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

यस कम्पनीको चुक्तापूँजी ८ अर्ब ५४ करोड रहेको छ ।

Visa Travels