annual general meeting

बरुण हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १ञ्७ औं वार्षिक साधारणभा २०७७ पौष २६ गते युनियन हाउस, अनामनगर काठमाडौंमा भर्चुअल माध्यमबाट १० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ५% बोनस सेयर र ०.२६३% नगद लाभांश पारित गर्नेछ ।

२०७३ अषाढ २० गते सम्पन्न विशेष साधारणसभाबाट पारित १ः१ को अनुपात हकप्रद सेयर जारी गर्ने पस्तावलाई निरन्तरता दिने भएको छ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनको लागि २०७७ पौष १६ गते बुक क्लोज तोकेको छ । पौष १५ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels