बरुण हाइड्रोपावर कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७७ मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ५% बोनस सेयर र ०.२६३% नगद लाभांश गरी कुल ५.२६३% लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । त्यसैगरी सत्रौं वार्षिक साधारणसभा २०७७ पौष २६ गते गर्ने निर्णय गरेको छ ।
लाभांश सम्बन्धि निर्णय भएको सोहिदिन वा अघिल्लो दिन कारोबार खुल्नु अगाडी नै नेप्से मार्फत जानकारी गराउनु पर्नेमा कम्पनीले ढिलो जानकारी गराएको भन्दै नेप्सेले स्पष्टिकरण सोधेको हो । नेप्सेले के कारणले यसो भएको हो सो को कारण खुलाई ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो । पोष २९ को निर्णय अनुसार नेप्सेले यस कम्पनीको सेयर कारोबार स्थगित गरेको छ ।