ब्रोकर कमिशन घटाउन माग गर्दै बोर्डमा लगानीकर्ताले बुझाए ज्ञापन पत्र

Visa Travels

सेयर लगानीकर्ताहरुको ५ वटै संगठनले ब्रोकर कमिशन घटाउन माग गर्दै धितोपत्र बोर्डमा समूहिक ज्ञापन पत्र बुझाएका छन् ।

लगानीकर्ताहरुले लामो समयदेखि ब्रोकर कमिशन ०।२५ प्रतिशत कायम गर्ने कार्य कार्यान्वयनमा ल्याउन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको छ । उनीहरुले चाँडो भन्दा चाँडो ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्तालाई साक्षी राखेर ज्ञापन पत्र बुझाएका हुन् ।

ads

ब्रोकर कमिशन ०.२५ प्रतशित कायम गरी लगानीकर्ताहरूको लगानीको लागत कम गराउंदै नेपालको पुँजीबजारमा भित्रिने नयाँ युवा पुस्तालाई यस क्षेत्रमा आउन प्रेरित गर्दै, छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै पुँजीलाई राष्ट्र निर्माणमा आवश्यक पुँजीको जोहो गर्दै पुँजीबजार चलायमान बनाउँदै,नेप्से, धितोपत्र वोर्ड, सिडिएससी र ब्रोकरको पनि आयमा गुणात्मक वृद्धि हुने विज्ञप्तिमा उल्लेख छ ।

Visa Travels