Butwal power company

बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

२०७७ पौष ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १०% बोनस सेयर र १५% नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

कम्पनीले २८ औं साधारणसभा २०७७ पौष २८ गते, कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा विहान ११ बजे गर्ने भएको छ । सभाको प्रयोजनको लागि पौष १७ देखि २८ गते सम्म बुक क्लोज रहेको छ । पौष १६ सम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Visa Travels