century bank

सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ५.२५% बोनस सेयर र २.२५% नगद लाभांश गरी कुल ७.५०% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी ८ अर्ब ५८ करोड रहेको छ ।

Visa Travels