चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि बिक्री खुल्यो

chandragiri hills
Visa Travels

चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ निष्काशन आज २०७७ मंसिर १७ गते देखि आयोजना प्रभावित स्थानियलाई विक्री खुल्ला गरिएको छ । निष्काशन बन्द छिटोमा पौष १ गते र ढिलोमा पौष १६ गते हुनेछ ।

२% अर्थात् ३ लाख ६ हजार ८१९ कित्ता प्रति सेयर रु १०० रुपैयाका दरले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिएको छ । दोश्रो चरणमा १०% अर्थात् १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

ads

विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्याटिललाई नियुक्ति गरेको छ । इच्छुक आवेदकले १० कित्ता देखि अधिकतम ३०६० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ जारी पश्चात कम्पनीको चुक्तापुंजी १ अर्ब ५३ करोड पुग्नेछ । त्यस मध्य ८८५ सेयर संस्थापकहरुको रहनेछ ।chandragiri hills ipo

Visa Travels