चिलिमे जलविद्युत कम्पनीले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७७ मंसिर १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १०% बोनस सेयर र १०% नगद लाभांश गरी कुल २०% लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।
कम्पनीको २४ औं साधारणसभा २०७७ पौष १२ गते हुने भएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले मंसिर २९ देखि षौष १२ गते सम्म बुक क्लोज तोकेको छ । मंसिर २८ सम्म कायम सेयरधनीहरुले मात्र लाभांश दावी गर्न पाउनेछन् ।