nagarik lagani kosh

नागरिक लगानी कोषले १ः०.८२८४ को अनुपातमा २०७७ पौष २८ गते देखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन बन्द माग १९ गते बैंकिङ्ग समय पश्चात हुने छ ।

कोषले १ः०.८२८४ अर्थात् १३,५९२,५९२ कित्ता हकप्रद सेयर रु १०० रुपैयाको दरले निष्काशन गर्नेछ । पौष १३ गते सम्म कायम सेयरधनीहरुले मात्र यस हकप्रद सेयरमा अवेदन दिन सक्नेछन् ।

योग्य शेयरधनीहरुले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फट आवेदन दिन सक्नेछन् ।

निष्काशान तथा विक्री प्रबन्धको रुपमा आरविवि मचेण्ड बैंकिङ्गलाई नियुक्ती गरेको छ ।

हाल कोषको चुक्तापँजीको १ अर्ब ६४ करोड रहेको छ । हकप्रद जारी पश्चाप चुक्तापुँजी ३ अर्ब पुग्नेछ ।

Visa Travels