NIC Asia Bank

एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकको वार्षिक साधारण सभा आज मिति २०७७-०८-२१ गते आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर  १ अर्ब ८४ करोड ६३ लाख र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश ९ करोड ७२ लाख समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

वार्षिक साधारण सभामा अनलाइन ९भर्चुअल० प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी  ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ ।

Visa Travels