Garima Bikas Bank

गरिमा विकास बैंक लिमिटेडले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ पौष १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १३.५०% बोनस सेयर र ०.७१०५% नगद लाभांश गरी कुल १४.२१% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी ३ अर्ब २३ करोड रहेको छ ।

Visa Travels