ग्लोबल आइएमइ बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ३६औं वार्षिक साधारणभा २०७७ पौष २९ गते बैंकको रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट विहान १० बजे हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १४% बोनस सेयर र २% नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
यस बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ ।
साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
संस्थापक शेयरधनी समुहबाट ३ जना र सर्वसाधारण शेयरधनी तर्फ ३ जना सञ्चालको नियुक्ती निर्वाचत गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ती सम्बन्धी जानकारी दिने भएको छ ।
हाल यस बैंकको चुक्तापुँजी १८ अर्ब ९७ करोड रहेको छ ।
सभा प्रयोजनको लागि २०७७ पौष १५ देखि २९ गते सम्म बुक क्लोज तोकेको छ । पौष १४ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।