ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७७ मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट २७.४७% बोनस सेयर र १.४५% नगद लाभांश गरी कुल २८.९२% लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।
हाल यस बैंकको चुक्तापँजी २५ करोड ९५ लाख रहेको छ ।