गुहेश्वरी मचेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७७ मंसिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ८% बोनस सेयर र ३.४०% नगद लाभांश गरी कुल ११.४०% लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।
हाल यस बैंकको चुक्तापँजी ८० करोड रहेको छ ।