annual general meeting

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ९औं वार्षिक साधारणभा २०७७ पौष २९ गते कम्पनीको कार्यालय , हात्तीसार, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान ११ बजे हुने भएको छ ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

कम्पनीमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने साथै प्रबन्ध पत्र तथा नियावली आवश्यक संशोधन गर्ने भएको छ ।

त्यसैगरी कम्पनीबाट नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा भएको भुक्तानी ५० लाख रकमलाई अनुमोदन गर्ने ।

सभा प्रयोजनको लागि २०७७ पौष १७ गते बुक क्लोज तोकेको छ । पौष १६ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels