himalayan distillery

हिमालयन डिष्टलरी आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

२०७७ पौष ०२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ५०% बोनस सेयर ५०% नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । कम्पनीले २० औं वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले पौष २९ गते बुधबार पर्सा, विरगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारण सभा बोलाएको हो ।

उक्त साधारण सभा प्रयोजनको लागि कम्पनीले पौष १७ गते बुक क्लोज गर्ने निर्णस पनि गरेको छ । त्यस अनुसार पुस १६ गते सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

Visa Travels