चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड सम्पन्न

ipo allotment
Visa Travels

चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आइपीओ आज ग्लोबल आइएमइ क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न भएको छ ।

क्यापिटलको अनुसार, कम्पनीको शेयरमा १० देखि ७० कित्तासम्म आवेदन गर्नेले माग अनुसार नै पाएका छन् । त्यस्तै ८० कित्ता भन्दा बढी आबेदन गर्नेले पनि न्युनतम ७० कित्ता शेयर पाएका छन् । गोलाप्रथाबाट ८० कित्ताभन्दा बढी आवेदन गर्ने १ हजार १६३ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

Place your Ads

यस्तै थप १० कित्ता नपाउनेहरुबाट ९ जनालाई थप १ कित्ता शेयर पाउने गरी बाँडफाँट भएको छ ।

कम्पनीको आईपिओमा ४ हजार ८०८ जनाले आवेदन दिएको मध्ये २०४ जनाको आवेदन रद्द भएको भएको थियो । कम्पनीको आवेदन गर्ने ४ हजार ६०४ जनालाई शेयर बाँडफाँट गरिएको हो ।

Visa Travels