prabhu life insurance

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले जारी गरेको आईपीओ सेयर भोली शुक्रबार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्याटिलको अनुसार भोली विहान ११ बजे क्यापिटलको कार्यालयमा बाँडफाँड हुने छ । यस आइपीओ कुल १०,८२,००० आवेदकले २,९२,८७,००० कित्ता सेयर खरिद आवेदन परेको क्यापिटलले जानकारी दिएको छ ।

भाग्यशाली ५ लाख ४० हजार आवेदकले गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीले २०७७ मंसिर २९ गते देखि पौष २ गते सम्म सर्वसाधारणलाई निष्काशान गरेको थियो । कम्पनीले जारी पुँजीको ३०% अर्थात् ६,०००,००० कित्ता आइपीओ सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई जारी गर्नेछ । जस मध्ये ५% अर्थात् ३००,००० कित्ता कर्मचारीहरुलाई र ५% अर्थात् ३००,००० सामुहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको ५४,००,००० कित्ता सेयर सर्वसाधराण नेपालीहरुलाई निष्काशन गरेको थियो।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ ।

Visa Travels