share listed

युनाइटेड इदी–मर्दी एण्ड आर वि हाइड्रोपावरले निष्काशन गरेको आइपीओ आज नेप्सेमा सुचिकृत भएको छ ।

कम्पनीको ४२,००,००० कित्ता साधारण सेयर नेप्सेमा सुचिकृत भएको हो । यस आइपीओ ८१,२७३ जना आवेदकले १० कित्ताका दरले सेयर पाएको थियो भने २० कित्ता आवेदन दिन ६ जनाले थप १ कित्ता गरी ११ कित्ता सेयर पाएका थिए ।

भोलिबाट यस कम्पनीको सेयर दोश्रो बजारमा कारोबार हुने भएको छ । कारोबार संकेत युएमआरएच (UMRH) रहेको छ भने सुरुवाति कारोबारको लागि ओपनिङ रेञ्ज ९८.७९ देखि २९६.३७ रुपैया तोकेको छ ।

आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ ।

Visa Travels