prabhu life insurance

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले २०७७ मंसिर २९ गते देखि सर्वसाधारणलाई आइपीओ निष्काशन गर्दै आएको छ ।

आइपीओ जारी गरेको तेश्रो दिन हिजोसम्ममा ४.४ गुणा बढी सेयर खरिद आवेदन गरेको छ । कुल ८ लाख ७३ हजार ०७९ आवेदकबाट २,३७,७६,४६० कित्ता सेयर खरिद आवेदन परेको हो ।

कम्पनीले जारी पुँजीको ३०% अर्थात् ६,०००,००० कित्ता आइपीओ सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई जारी गर्नेछ । जस मध्ये ५% अर्थात् ३००,००० कित्ता कर्मचारीहरुलाई र ५% अर्थात् ३००,००० सामुहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको ५४,००,००० कित्ता सेयर सर्वसाधराण नेपालीहरुलाई निष्काशन गरिएको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर आर्फत आवेदन दिन सक्नेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ ।

Visa Travels