दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dividend
Visa Travels

नेप्सेमा सुचिकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मुक्तिनाथ विकास बैंक र सानिमा माइ हाइड्रोपावर कम्पनीको लाभांश सुरिक्षत गर्ने अन्तिम दिन रहको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडको आज पौष १२ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् । सभा प्रयोजनको लागि २०७७ पौष १३ गते देखि २५ सम्म बुक क्लोज रहेको छ ।

ads

कम्पनीको चौधौं वार्षिक साधारणभा २०७७ पौष २५ गते होटल पोखरा ग्राण्ड, विरौटा, पोखरामा भर्चुअल माध्यमबाट विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ११।२५५ बोनस सेयर र ४।२५७४५ नगद लाभांश पारित गर्नेछ ।

त्यसैगरी सानिमा माइ हाइड्रोपवार लिमिटेडको आज पौष १२ सम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् । । सभा प्रयोजनको लागि २०७७ पौष १३ गते एक दिन बुक क्लोज रहेको छ ।

कम्पनीको नवौं वार्षिक साधारणभा २०७७ पौष २३ गते, अकामा होटल, काठमाडौं र भर्चुअल माध्यमबाट विहान ११ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १०५ बोनस सेयर र ५५ नगद लाभांश पारित गर्नेछ ।

Visa Travels