Dividend

तीन बाणिज्य बैंक सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल बङ्गालादेश बैंक, प्रभु बैंक, एभरेष्ट बैंक आरएसडिसी लघुवित्त, आशा लघुवित्त र सिनर्जी पापवर कम्पनीको लाभांश सुरिक्षत गर्ने अन्तिम दिन रहको छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेडको आज पौष ०९ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् । सभा प्रयोजनको लागि २०७७ पौष १० गते एक दिन बुक क्लोज रहेको छ ।

बैंकको २६औं वार्षिक साधारणभा २०७७ पौष २६ गते भर्चुअल माध्यमबाट विहान ११ः३० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ६% बोनस सेयर र २.४२%नगद लाभांश पारित गर्नेछ ।

प्रभु बैंक लिमिटेडको आज पौष ०९ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् । सभा प्रयोजनको लागि २०७७ पौष १० देखि २६ गते सम्म बुक क्लोज तोकेको छ ।

बैंकको १९औं वार्षिक साधारणभा २०७७ पौष २६ गते बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १०% बोनस सेयर र ०.५२६३% नगद लाभांश पारित गर्नेछ ।

एभरेष्ट बैंक लिमिटेडको आज पौष ०९ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् । सभा प्रयोजनको लागि २०७७ पौष १० देखि २७ गते सम्म बुक क्लोज तोकेको छ ।

बैंकको वार्षिक साधारणभा २०७७ पौष २७ गते, बैंकको केन्द्रिय कार्यालय,लाजिम्पाट, काठमाडौंमा भर्चुअल माध्यमबाट ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ५% बोनस सेयर र ५.५३% नगद लाभांश पारित गर्नेछ ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आज पौष ०९ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् । सभा प्रयोजनको लागि २०७७ पौष १० गते बुक क्लोज तोकेको छ ।

लघुवित्तको सातौं वार्षिक साधारणभा २०७७ पौष २४ गते, बुटवलमा हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ९% बोनस सेयर र ३.६३% नगद लाभांश पारित गर्नेछ ।

आशा लघुवित्त वित्तीय संस्थाको आज पौष ०९ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् । सभा प्रयोजनको लागि २०७७ पौष १२ गते एक दिन बुक क्लोज तोकेको छ ।

लघुवित्तको चौथो वार्षिक साधारणभा २०७७ पौष २५ गते फल एण्ड ट्राउट होटल एण्ड रेस्टुरेन्ट, ककनी, नुवाकोटमा विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १५%बोनस सेयर र ०.७८९४७३७% नगद लाभांश पारित गर्नेछ ।

सिनर्जी पावर डेभलपमेन्टको आज पौष ०९ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् । सभा प्रयोजनको लागि २०७७ पौष १२ देखि २२ गते सम्म बुक क्लोज तोकेको छ ।

कम्पनीको वार्षिक साधारणभा २०७७ पौष २२ गते, कम्पनीको रजिष्टर्ड कार्यालय, नक्सालबाट भर्चुअल माध्यमबाट विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ४.७५%बोनस सेयर र ०.२५%नगद लाभांश पारित गर्नेछ ।

Visa Travels