लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
२०७७ पौष ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १५% बोनस सेयर र ८.१६%% नगद लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।
हाल यस लघुवित्तको चुक्तापुँजी २७ करोड ८३ लाख रहेको छ ।