annual general meeting

माउन्टेन्ट इनर्जी नेपाल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सातौं वार्षिक साधारणभा २०७७ पौष २७ गते अम्रपाली व्याङवेट, भाटभटनी, काठकाडौंमा भर्चुअल माध्यमबाट विहान ११ बजे हुने भएको छ ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ । बि.आर.पाण्डे एसोसियट्य, चार्टर्ड एकाउण्टेण्ट्सलाई २००,००० मु.अ. कर बाहेक सिफारिस गर्ने भएको छ ।

एक जना स्वतन्त्त र व्यवसायिक संचालकको नियुक्ती गर्ने र सर्वसाधारणसमुहको प्रतिनिधित्व गर्ने १ जना सञ्चालको निर्वाचन गर्ने भएको छ ।

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी १ अर्ब ९६ करोड पुगेको छ । हालै यस कम्पनीको सेयर सुचिकरण भई दोश्रो बजारमा कारोबार सुरु भएको छ ।

सभा प्रयोजनको लागि २०७७ पौष १७ गते एक दिन बुक क्लोज तोकेको छ । पौष १६ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels