national life insurance

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ३२औं वार्षिक साधारणभा २०७७ माग १५ गते कम्पनीको केन्द्रिय कार्यालय, लाजिम्पाट,काठमाडौंबाट भर्चुअल माध्यमबाट विहान १०ः३० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट १०% बोनस सेयर र १ करोड ३२ लाख नगद लाभांश कर प्रयोजनको लागि प्रस्ताव पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

यस कम्पनीको हाल चुक्तापुँजी ३ अर्ब ०८ करोड रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ माग ०२ गते बुक क्लोज तोकेको छ । माग १ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels